चक्कु प्रहारबाट स्याङ्जामा १६ महिने बालकको हत्या, एक जना पक्राउ
काठमाडौं, पुस २८ : स्याङ्जामा चक्कु प्रहार गरी १६ महिने बालकको हत्या भएको छ । वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने...
काठमाडौं, पुस २८ : स्याङ्जामा चक्कु प्रहार गरी १६ महिने बालकको हत्या भएको छ ।
वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
आज दिउँसो करिब १ बजेको समयमा जिल्ला पर्वत पैयु गा.पा.५ घर भई हाल जिल्ला स्याङ्जा वालिङ न.पा. १० भकुण्डेमा डेरा गरी वस्ने वर्ष ३३ को जितेन्द्र गुरुङले धारिलो हतियार प्रहार गर्दा बालकको मृत्यु भएको हो । सूचना प्राप्त हुनासाथ पुगेको प्रहरी अधिकृत सहितको टोली खटिई गुरूङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको अधिकारीले बताए ।
चक्कु प्रहार पश्चात तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पठाईएकोमा बालकलाई केहि समयपछि चिकित्सकले मृतक घोषणा गरेका थिए ।
घटनामा गुरुङकी दिदी ५ वर्षीया साइना पनि घाइते भएकी छिन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।











