Kathmandu Press

शरणार्थी पालिरहेका देशलाई सहयोग गर्न पाकिस्तानको आह्वान

इस्लामावाद, पुस २८ : पाकिस्तानले शरणार्थी पालिरहेका देशलाई अन्तराष्ट्रिय समुदायबाट वृहत् सहयोग गर्नुपर्ने पाकिस्तानले बताएको छ । इस्लामावादमा युरोपेली देशहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै पाकिस्तानका विदेश...
शरणार्थी पालिरहेका देशलाई सहयोग गर्न पाकिस्तानको आह्वान

इस्लामावाद, पुस २८ : पाकिस्तानले शरणार्थी पालिरहेका देशलाई अन्तराष्ट्रिय समुदायबाट वृहत् सहयोग गर्नुपर्ने पाकिस्तानले बताएको छ । 

इस्लामावादमा युरोपेली देशहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै पाकिस्तानका विदेश सचिव सोहेल महमूदले अन्तर्राष्ट्रिय बोझ र जिम्मेवारी बाँडफाँडको सिद्धान्त अनुसार शरणार्थीलाई सहयोग गर्दै आएका देशहरूलाई अन्तर्राष्ट्रिय समुदायबाट ठूलो सहयोग हुनुपर्ने बताएका हुन्।

Hardik ivf

विदेश सचिव सोहेल महमूदले ४० वर्षभन्दा बढी समयदेखि ३० लाखभन्दा बढी अफगान शरणार्थीहरूलाई बस्न दिएर पाकिस्तानले अटल प्रतिबद्धता र आतिथ्यताको उजागर गरको दावी गरे।

उनले अफगानिस्तानमा शान्ति र स्थायित्वको सुदृढीकरण र मानवीय सङ्कट र आर्थिक पतनबाट बच्न आफ्नो देशबाट अफगानीहरूको सम्भावित पलायन रोक्न लामो समय लाग्ने पनि उनले बताए।

आप्रवासन व्यवस्थापनको क्षेत्रमा सहयोग र सहकार्यका अवसरहरूको मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय आप्रवासन नीति विकास केन्द्रले आयोजना गरेको उक्त प्रतिनिधिमण्डल यतिबेला पाकिस्तानको अध्ययन भ्रमणमा छ।  

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्