Kathmandu Press

अफगानिस्तानको पूर्वी प्रान्तमा बम विस्फोटनमा परी दुई महिलाको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्तमा बम विस्फोटनमा परी दुई महिलाको मृत्यु

जलालाबाद, पुस २८ : अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा एक बम विस्फोटमा परी दुई महिलाको ज्यान गएको छ । यस विस्फोटमा परी अन्य एक किशोरी गम्भीर घाइते भएका एक स्थानीय अधिकारीले बुधबार पुष्टि गरेका छन्।
 
ललपुर जिल्लाको वार्साक गाउँको एउटा घरमा मंगलबार युद्धका अवशेषहरू  विस्फोट हुँदा यो घटना भएको प्रान्तीय प्रहरी निर्देशनालयका बसिर जाबुलीले सिन्ह्वा समाचार समितिलाई बताएका छन्।  

स्रोतका अनुसार एकजना पीडितले नजिकैका पहाडहरूबाट दाउरा सङ्कलन गरेर गाउँमा स्क्र्याप धातुका रूपमा बेच्ने प्रयासमा युद्धका अवशेषहरु फेला पारेका थिए। 

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, पुस २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्