कोरोनामुक्त भएपछि बोत्स्वानाका राष्ट्रपति काममा फिर्ता
गाबोरोन, पुस २८ : कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका बोत्स्वानाका राष्ट्रपति सङ्क्रमणमुक्त भएका छन् ।स्वास्थ्य अधिकारीहरुले उहाँ सङ्क्रमणमुक्त भएको पुष्टि गर्दै आफ्नो नियमित काममा फर्किन सुझाव...
गाबोरोन, पुस २८ : कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका बोत्स्वानाका राष्ट्रपति सङ्क्रमणमुक्त भएका छन् ।स्वास्थ्य अधिकारीहरुले उहाँ सङ्क्रमणमुक्त भएको पुष्टि गर्दै आफ्नो नियमित काममा फर्किन सुझाव पनि दिएका छन्।
दक्षिण अफ्रिकी मुलुक बोत्स्वानाका राष्ट्रपति मोक्वीट्सी मासिसी सेल्फ आइसोलेसनको अवधि सकेर काममा फर्किनु भएको हो । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि ५९ वर्षीय राष्ट्रपति मासिसी आफ्नै निवासमा आइसोलेसनमा बसेका थिए।
उनले कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएको भएपनि सङ्क्रमण भएको हो । उनले फाइजरको पहिलो खोप अघिल्लो बर्षको जुन ११ मा र दोस्रो खोप जुलाई ९ मा लगाएका थिए । बोत्स्वानामा अहिलेसम्म दुई लाख १९ हजार ५०९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये दुई हजार ४४४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
मुलुकको कुल जनसङ्ख्या मध्ये ४८.६ प्रतिशतले कम्तीमा पहिलो खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । ती मध्ये ४३ प्रतिशतले भने पुरै खोप लगाएका छन्।




-1777440254.jpg)







