काठमाडौंमा एकैदिन हजार बढीमा कोरोना संक्रमण, उपत्यकामा १४९८ संक्रमित थपिए
काठमाडौं, पुस २८ : काठमाडौं उपत्यका पछिल्लो चौबिस घण्टामा १ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन...
काठमाडौं, पुस २८ : काठमाडौं उपत्यका पछिल्लो चौबिस घण्टामा १ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा एकैदिन सो संख्यामा कोरोना संक्रमित थपिएका हुन्।
उपत्यकाका तीन जिल्ला मध्य काठमाडौंमा सबैभन्दा बढि संक्रमित भेटिएका छन्। काठमाडौंमा एकैदिन १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै ललितपुरमा २३६ र भक्तपुरमा १३४ जना संक्रमित चौबिस घण्टाको अवधिका थपिएका छन्।
आज मुलुकभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९० सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १६:५२ बजे, बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











