निरन्तर उकालो लाग्दै कोरोना संक्रमण, एकैदिन ३ हजार ७५ संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६ नमूनाको परीक्षण गर्दा तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, पुस २८ : मुलुकभर पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६ नमूनाको परीक्षण गर्दा तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो चौबिस घण्टामा ९ हजार ५१ जनामा पीसीआर परीक्षण गर्दा २ हजार ४४८ र ३ हजार ९८५ नमूनाको एन्टीजेन परीक्षण गर्दा ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा २७८ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको निधन भएको छ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० जना रहेका छन्। तीमध्य १० हजार ८१० जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ८८० जना संस्थागत आइसोलेसनमा छन्।
संस्थागत आइसोलेसनमा रहेकामध्य ८७ जना आइसीयूमा रहेका छन् भने २२ जना भेन्टिलेटरमा छन्। त्यस्तै २१८ जना क्वारेन्टिनमा रहेका छन्।
प्रकाशित मिति: १६:३३ बजे, बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











