Kathmandu Press

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको उत्तर कोरियाको दाबी

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको उत्तर कोरियाको दाबी

प्योङयाङ, पुस २८ : उत्तर कोरियाले मंगलबार परीक्षण गरेको भनिएको क्षेप्यास्त्र हाइपरसोनिक क्षेप्यास्त्र भएको उत्तर कोरियाले जानकारी दिएको छ। सो क्षेप्यास्त्र उत्तर कोरियाली नेता किम जोङ उनको रेखदेखमा परीक्षण गरिएको पनि उत्तर कोरियाले जानकारी गराएको हो।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले मंगलबार प्रहार गरिएको क्षेप्यास्त्रको बारेमा सो जानकारी दिएको हो । साथै सो समाचार संस्थाले उक्त क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानासम्म नै पुगेको पनि जनाएको छ ।

उत्तर कोरियाले एक हप्तामा नै दुई पटकसम्म क्षेप्यास्त्र परीक्षण गरेको हो । नयाँ वर्ष सन् २०२२ को अवसरमा दिएको सन्देशमा उत्तर कोरियाली नेता किमले उत्तर कोरियाको प्रतिरक्षा प्रणाली बढाउने बाचा गरेका थिए।

त्यसपछि एकै साताभित्र दुईवटा क्षेप्यास्त्र परीक्षण भएका छन् । सो क्षेप्यास्त्र परीक्षणको विश्वका विभिन्न देशले विरोध पनि गरेका छन् ।मंगलबार गरिएको प्रक्षेपणको पहिचान दक्षिण कोरिया र जापानले पनि गरेको जनाएका थिए । ती दुवै छिमेकी देशले उत्तर कोरियाबाट समुद्रतर्फ क्षेप्यास्त्र प्रहार भएको बताएका थिए । बुधबार उत्तर कोरियाली समाचार संस्था केसीएनऐ उक्त क्षेप्यास्त्र हाइपरसोनिक भएको र त्यो उच्च गतिको भएको पनि बताएको छ। 

प्रकाशित मिति: १४:५० बजे, बुधबार, पुस २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्