Kathmandu Press

नारायणहिटी प्रकरणमा आनन्द बतासको प्रस्टोक्ति – क्याफे सञ्चालनको ठेक्का ‘सेटिङ’ मा पाएको होइन 

यसरी नारायणहिटी दरबार संग्रहालय परिसर भित्रको क्याफ्टेरिया बोलपत्र स्वीकृत गरिएको सूचना समेत गोरखापत्र दैनिकमा नै प्रकाशित भएपछि मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बि. पि. एस. लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच मिति २०७७ साल पुष १७ गते सम्झौता भएको बतासले जनाएको छ।
नारायणहिटी प्रकरणमा आनन्द बतासको प्रस्टोक्ति – क्याफे सञ्चालनको ठेक्का ‘सेटिङ’ मा पाएको होइन 

काठमाडौं, पुस २८ : बतास अर्गनाइजेसनले नारायणहिटी परिसरमा क्याफेटेरिया सञ्चालनको ठेक्का वैधानिक तवरबाटै प्राप्त भएको बताएको छ । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले बुधबार एक विज्ञप्ति जारी गर्दै क्याफे सञ्चालनको ठेक्का प्राप्त गर्नुमा कुनैैपनि सेटिङ नभएको दाबी गरेका हुन्। 

लोकप्रिय अनलाईन तथा दैनिक पत्रपत्रिकाहरुले बतास अर्गनाइजेसनले कर्मचारीसँगको मिलेमतोमा नारायणहिटी दरबार संग्रहालय भित्र क्याफे सञ्चालनको ठेक्का पाएको, सम्झौता विपरितका संरचना निर्मांण गरेको लगायतका समाचारहरु लगातार रुपमा प्रकाशन र प्रसारण गरेपछि अर्गनाइजेसनले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो।

नारायणहिटी परिसरको जग्गा तथा गणतन्त्र स्मारक भित्रको क्याफेटेरिया भाडामा दिनेगरी गोरखापत्रमा बोलपत्र आह्वान भएको र प्रतिस्पर्धाकै आधारमा आफूहरुले क्याफे सञ्चालनको अनुमति पाएको बतासको दाबी छ। पहिलो पटक २०७७ साल साउन २६ गते गोरखापत्रमा सूचना निकालिएको र सो बोलपत्रमा कसैले पनि आवेदन पेश नगर्दा असोज १८ गतेसम्म म्याद थपिएको विज्ञप्तिमा उल्लेख छ। 

बोलपत्र आह्वान भएपछि बिपिएस लिजिङ एण्ड म्यानेजमेन्ट प्राली लगायत चारवटा कम्पनीले आवेदन दिएकोमा छनौट प्रकृयामार्फत बिपिएस लिजिङ एण्ड म्यानेजमेन्ट प्रालीलाई भाडामा दिने निर्णय भएको बतासले प्रष्ट पारेको छ। 

उक्त सार्वजनिक सूचनामा नारायणहिटी दरबार संग्रहालय अन्तर्गतको गणतन्त्र स्मारक भित्रको क्याफ्टेरिया संचालनको लागि पनि प्रकाशित भएको टेण्डरमा कुनै पनि फर्म, संस्थाले उक्त क्याफ्टेरिया संचालनको लागि प्रस्ताव पेश नगरेको बतासको दाबी छ। 

यसरी नारायणहिटी दरबार संग्रहालय परिसर भित्रको क्याफ्टेरिया बोलपत्र स्वीकृत गरिएको सूचना समेत गोरखापत्र दैनिकमा नै प्रकाशित भएपछि मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बि. पि. एस. लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच मिति २०७७ साल पुष १७ गते सम्झौता भएको बतासले जनाएको छ।

ठेक्का प्राप्तिका लागि कुनै प्रकारका प्रभाव र दबाव सिर्जना नगरिएको विज्ञप्तिमा उल्लेख छ।  

जम्मा तीन वर्षका लागि अत्यन्तै कडा शर्तहरुसहित क्याफ्टेरिया भाडामा लिएको र त्यहाँ तीन करोडभन्दा बढी लगानी गरिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ। तर आफूहरुले बनाएको संरचना गैरकानुनी ढंगले नष्ट गर्ने काम भएको भन्दै उनले भनेका छन्, ‘हामी माथि राज्यले गरेको अन्याय र अपराधबारे समेत आम जनमानसलाई जानकारी गरिदिनुहुन यहाँहरुलाई अनुरोध गर्न चाहान्छौं ।’

बतासले नारायणहिटी संग्रहालय सम्बन्धमा बनेको छानबिन समितिले आफूहरुसँग सोधखोज नै नगरी एकतर्फी रुपमा पूर्वाग्रही भएर प्रतिवेदन दिएको पनि बताएका छन् ।

विज्ञप्ति

प्रकाशित मिति: १४:२० बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्