Kathmandu Press

पुस महिनामा थपिए २१ अर्ब लगानीका १६ उद्योग 

काठमाडौं, पुस २८ : पुस एक महिनामा १६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङक अनुसार पुस महिनामा २१ अर्ब १२ करोड ५२...
पुस महिनामा थपिए २१ अर्ब लगानीका १६ उद्योग 

काठमाडौं, पुस २८ : चालु आर्थिक वर्षको पुस महिनामा १६ वटा उद्योग दर्ता भएका छन् । 

उद्योग विभागको तथ्याङक अनुसार पुस महिनामा २१ अर्ब १२ करोड ५२ लाख रुपैयाँ लगानीमा १६ उद्योग दर्ता भएका हुन् । 

चालु आर्थिक वर्षको ६ महिनामा एक सय ५० वटा उद्योग दर्ता भएका थिए । भने पुस महिनामा मात्र ११ जिल्लामा साना ठुला र मझौला गरी १६ वटा उद्योग दर्ता भएका उद्योग विभागको तथ्यांक छ । 

दर्ता भएका उद्योग मध्ये सबैभन्दा धेरै उद्योग काठमाडौंमा छन् । काठमाडौंमा पुस महिनामा ३ वटा उद्योग दर्ता भएका छन् । जसमा १२ करोड रुपैयाँ लगानीमा सिम्पल इनर्जी, ११ करोड रुपैयाँ लगानीमा ‘काठमाडौं प्याथल्याब एण्ड डाइग्नोष्टिक सेन्टर’ र १५ करोड ८ लाख ९६ हजार रुपैयाँ लगानीमा ‘फ्जमेशिन नेपाल प्रालि’ रहेका छन् ।

त्यस्तै, रुपन्देहीमा ५५ करोड ६० लाख लगानीमा सरोवर एग्रो इन्डष्ट्रिज प्रालि र २५ करोड ७५ लाख लगानीमा होटल ड फ्लेमिङ प्रालि रहेका छन् ।
विभागका अनुसार सिन्धुपाल्चोकमा २ अर्ब ७८ करोड ७६ लाख ५ हजार रुपैयाँ लगानीमा इन्टिग्रेड हाइड्रो फण्ड नेपाल प्रालि, नवलपरासीमा २० करोड रुपैयाँ लगानीमा नेपाल मार्स रिमेडिज प्रालि, मकवानपुरमा ५३ करोड रुपैयाँ लगानीमा एसटिसि इनर्जी इन्डष्ट्रिज प्रालि र १६ करोड ३ लाख २ हजार रुपैयाँ लगानीमा लक्ष्मी मुमताज इन्डष्ट्रिज प्रालि खुलेका छन् ।

त्यसैगरी दोलखामा १० अर्ब ५३ करोड ३२ लाख ४७ हजार रुपैयाँ लगानीमा सानिमा जुम हाइड्रोपावर लिमिटेड, कपिलवस्तुमा ८८ करोड ८१ लाख ७५ हजार रुपैयाँ लगानीमा पशुपति रिन्युएबलस प्रालि, काभ्रेमा २५ करोड ८१ लाख रुपैयाँ लगानीमा ब्याकबक्स रेकर्डस म्यानेजमेन्ट प्रालि र १२ करोड रुपैयाँ लगानीमा नेपाल चिन्दु माइनिङ प्रालि पुस महिनामै दर्ता भएको तथ्याङकमा उल्लेख छ। 

विभागका अनुसार दर्ता भएका अन्य उद्योगहरुमा ललितपुरमा २६ करोड ५ लाख रुपैयाँ लगानीमा फ्लोरिड ल्याब्रोटोरिज प्रालि, धनुषामा १४ करोड रुपैयाँ लगानीमा रेणुका इन्डष्ट्रिज प्रालि र धादिङमा ४ अर्ब २८ करोड ५३ लाख ३१ हजार रुपैयाँ लगानीमा गणेश हिमाल हाइड्रोपावर प्रालि रहेका छन्। 
 

प्रकाशित मिति: १२:४८ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्