सुनको मूल्य तोलाको चार सय बढ्यो
काठमाडाैं, पुस २८ : नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंलबारको तुलनामा सुनको मूल्य...
काठमाडाैं, पुस २८ : नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंलबारको तुलनामा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ भने तेजावी सुन तोलाको मूल्य प्रतितोला ९१ हजार पाँच सय पुगेको छ ।
यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला पाँच रुपैयाँ बढेर चाँदीको मूल्य एक हजार दुई सय ३५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: १२:१३ बजे, बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











