बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका सुवेदी दम्पत्ती छुटे
सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पत्तीलाई आवश्यक परेको अवस्थामा प्रहरीमा उपस्थित हुने सर्तमा छाडिएको सिआइबी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिएका छन्।
काठमाडौं, पुस २८ : बालुवटारस्थित ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सुवेदी दम्पत्ती छुटेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई छाडेको हो। अनुसन्धानका क्रममा आवश्यक परे प्रहरीमा उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको सिआइबीले जनाएको छ।
सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पत्तीलाई आवश्यक परेको अवस्थामा प्रहरीमा उपस्थित हुने सर्तमा छाडिएको सिआइबी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिएका छन्।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउनका लागि कागजात कीर्ते गरेको आरोपमा सुवेदी दम्पत्तीलाई सिआइबीले यहि पुस ७ गते पक्राउ परेका थिए । तत्कालीन समयमा मालपोतमा लेखन्दास रहेका सुवेदीले मुख्य अभियुक्त शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी कागजात कीर्ते गरेको आरोप छ।
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर अझै अनुसन्धान नपुगेको भन्दै उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई नै फर्काइदिएको छ ।











