Kathmandu Press

लोक सेवाले खोल्यो साढे दुई सय नासुका लागि विज्ञापन

लोक सेवाले खोल्यो साढे दुई सय नासुका लागि विज्ञापन

काठमाडौं, पुस २८ : लोक सेवा आयोगले झण्ड साढे दुई सय नायव सुब्बा (नासु) पदका लागि विज्ञापन खोलेको छ।

आयोगले बुधबार सूचना प्रकाशित गरी नायव सुब्बामा खुला र सामावेशी पदका लागि दरखास्त आह्वान गरेको छ। आगामी माघ १८ गतेसम्म दरखास्त दिन सकिनेछ।

नायव सुब्बाका लागि दरखास्त दिन १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका व्यक्तिका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ।

प्रकाशित मिति: ०८:०९ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्