Kathmandu Press

चीनबाट आयो ११ लाख ८४ हजार डोज भेरोसेल

काठमाडौं, पुस २८ : चीनबाट कोरोनाभाइरस विरुद्धको खोप भेरोसेलको ११ लाख ८४ हजार डोज खोप आएको छ।एशियाली विकास बैंकको ऋण सहयोगमा मंगलबार भेरोसेल...
चीनबाट आयो ११ लाख ८४ हजार डोज भेरोसेल

काठमाडौं, पुस २८ : चीनबाट कोरोनाभाइरस विरुद्धको खोप भेरोसेलको ११ लाख ८४ हजार डोज खोप आएको छ।

एशियाली विकास बैंकको ऋण सहयोगमा मंगलबार भेरोसेल खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार अहिलेसम्म विभिन्न मुलुकबाट भेरोसेल, कोभिसिल्ड, अस्टाजेनेका, फाइजर, मोर्डना र जोनसन गरी चार करोड ३ लाख ८७ हजार ९२७ डोज खोप आइसकेको छ।

अहिलेसम्म दुई करोड ६४ लाख पाँच हजार २१० डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार लक्षित समूहको ७६.२ प्रतिशतले पहिलो डोज र ५६.४ प्रतिशतले पूर्ण खोप लगाएका छन्।

अहिलेसम्म कूल जनसंख्याको ४९.९ प्रतिशतले पहिलो डोज र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। खोप अभियान चलिरहेको छ। सरकारले सबैलाई खोप लगाउन आग्रह गरेको छ।

प्रकाशित मिति: ०७:२० बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्