Kathmandu Press

कोरोना बढेपछि त्रिवेणीको १२ वर्षे मकर मेला स्थगित

काठमाडौं, पुस २८ : काभ्रेको पनौती नगरपालिका क्षेत्रको त्रिवेणी घाटमा हुने १२ वर्षे मकर मेला स्थगित भएको छ।कोभिड-१९ को संक्रमण तीव्र रुपमा बढ्न...
कोरोना बढेपछि त्रिवेणीको १२ वर्षे मकर मेला स्थगित

काठमाडौं, पुस २८ : काभ्रेको पनौती नगरपालिका क्षेत्रको त्रिवेणी घाटमा हुने १२ वर्षे मकर मेला स्थगित भएको छ।

कोभिड-१९ को संक्रमण तीव्र रुपमा बढ्न थालेपछि मेला स्थगित गरिएको पनौती नगरपालिकाले जनाएको छ। नगरपालिकाले सूचना जारी गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि मेला स्थगित गरिएको जनाएको छ।

कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, काभ्रेले पुस २७ गते आदेश जारी गरी मेलामा २५ जना भन्दाभन्दा कम र भिडभाड नहुने गरि स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाई भक्तजनहरूले मकर स्नान मात्र गराउने सक्ने जनाएको थियो।

त्यसअनुसार, २५ जना भन्दा कम संख्यामा स्थान गर्न सकिने भए पनि मेलाका अन्य कार्यक्रम रोकिएको मकर मेला मूल व्यवस्थापन समितिका संयोजक प्रेमकुमार सोनामले बताए। माघ महिनाभरी मेला लगाउने तयारी थियो।

No description available.

प्रकाशित मिति: ०६:५६ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्