प्रदेश नं १ मा १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि
विराटनगर, पुस २७ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३९०...
विराटनगर, पुस २७ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ को एन्टीजेन परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, सङ्खुवासभा र उदयपुरमा एक/एक तथा प्रदेश बाहिरका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो।
यसैगरी यो प्रदेशमा पछिल्लो २४ घण्टामा तीन महिलासहित आठ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३८७ रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












