Kathmandu Press

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा भेटिए

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा भेटिए

काठमाडौं, पुस २७ : देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा भेटिएका छन् । काभ्रेको बनेपा नगरपालिका ९ नयाँबस्तीस्थित सडकको पेटीमा सोही नगरपालिका-५ डेरा गरी बस्ने रामेछाप घर भएका ४० वर्षीय काजी राम बुढाथोकी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, गढी गाउँपालिका ६ मझौ बस्ने ४० वर्षीय रामलाल उराव सोही ठाउँस्थित नहरको पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबार घरबाट निस्किएका उनी फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त नहरमा उनको शव फेला परेको हो । 

यसैगरी सुनसरी, ईटहरी उपमहानगरपालिका १९ मौलिया बस्ने २४ वर्षीया सुनिता साह आफ्नै कोठामा सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । धनुषा, सबैला नगरपालिका ९ भठियनस्थित जग्गामा पाल टाँगी बसेका भारत बेगु सराइ सागी चोक बस्ने ६७ वर्षीय महमद मोईम बन्जारा पालभित्रै मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

कास्की, पोखरा महानगरपालिका १७ सितापाईलास्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५८ वर्षीया सेती राना मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका ११ मगरघाट पुलबाट रंगशाला जाने सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्