Kathmandu Press

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

ब्रसेल्स, पुस २७ : युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ। उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन्। 

उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १।१५ मा उनको निधन भएको पुष्टि गर्नुभएको छ ।  इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको सासोलीका प्रवक्ता रोबर्टो कुइल्लोले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

इटलीका राम्रा राजनीतिज्ञका रुपमा चिर परिचित सासोली गत दुई हप्ताभन्दा अगाडिदेखि अस्पतालमा उपचाररत थिए । उनी युरोपेली संसदको अध्यक्षका रुपमा भने सन् २०१९ मा निर्वाचित भएका थिए। 

प्रकाशित मिति: १७:१२ बजे, मंगलबार, पुस २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्