कोरोनाको 'हटस्पट' बन्यो काठमाडौं, एकैदिन ९८० संक्रमित थपिए
काठमाडौं, पुस २७ : काठमाडौं कोरोनाको हटस्पट बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबिस घण्टाको अवधिमा काठमाडौंमा मात्रै ९८० जनामा कोरोना संक्रमण पुष्टि...
काठमाडौं, पुस २७ : काठमाडौं कोरोनाको हटस्पट बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबिस घण्टाको अवधिमा काठमाडौंमा मात्रै ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार उपत्यकाभरी १ हजार २८५ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्य काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै कोरोनाको संक्रिय संक्रमितको संख्या ३ हजार ५२१ पुगेकोा छ। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः १ हजार ९० र ६९९ जना सक्रिय संक्रमित रहेका छन्।
मंगलबार देशभर २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन्।
प्रकाशित मिति: १६:४२ बजे, मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











