कोरोना संक्रमण दर ह्वात्तै बढ्यो, एकैदिन २ हजार ४४४ जनामा संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौं, पुस २७ : मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ३१३ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या पीसीआरतर्फ ८ लाख ३५ हजार ९२७ पुगेको छ भने एन्टीजेनतर्फ ९७ हजार ९६७ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ८ लाख १४ हजार ७९८ पुगेको छ। अहिलेसम्म ११ हजार ६०७ संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार मुलुकभर ९ हजार ५२२ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ८ हजार ८६७ जना होम आइसोलेसनमा रहेका छन् भने ६५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ११३ जना क्वारेन्टिनमा रहेका छन्।
संस्थागत आइसोलेसनमा रहेकामध्य ९३ जना आइसीयूमा उपचाररत छन् भने १९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
आज मुलुकभर १ लाख ८० हजार ४५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।