Kathmandu Press

माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस २७ : नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ। सामान्य कमजोरी भएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको...
माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस २७ : नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ। 

सामान्य कमजोरी भएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको एकिकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको र घरमै आइसोलेसनमा बसिरहेको पार्टीले जनाएको छ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित नेताहरु घरमै आइसोलेसनमा बसिरहेका छन्। 
 

प्रकाशित मिति: १५:०२ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्