बतास समूहसँग नाम जोडिएपछि कार्यकारी निर्देशक भेषनारायण दाहालले दिए राजीनामा
सोमबार नारायणहिटीको जग्गा ठेक्का प्रकरणबारे छानविन गर्न गठित समितिले पर्यटन मन्त्री प्रेम आलेलाई प्रतिवेदनमा नारायणहिटी परिसरमा बतासलाइ तोकिएको भन्दा बढी जग्गामा भौतिक संरचना बनाउन दिने सम्बन्धमा दाहालको पनि मिलेमतो भएको निष्कर्ष निकालिएको थियो।
काठमाडौं, पुस २७ : नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्का दिएको विषयमा नाम जोडिएपछि भेषनारायण दाहालले राजीनामा दिएका छन्। नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक रहेका दाहालले पदबाट राजीनामा दिएका हुन्।
सोमबार नारायणहिटीको जग्गा ठेक्का प्रकरणबारे छानविन गर्न गठित समितिले पर्यटन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा नारायणहिटी परिसरमा तोकिएको भन्दा बढी जग्गामा भौतिक संरचना बनाउन दिने सम्बन्धमा दाहालको पनि मिलेमतो भएको निष्कर्ष निकालिएको थियो।
सो अनुसार दाहाललाई कारवाही गर्न छानविन समितिले पर्यटन मन्त्रालयलाई सिफारिस गरेको थियो।। प्रतिवेदन सार्वजनिक भएलगत्तै दाहालले पदबाट
त्यसको भोलिपल्ट मंगलबार दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा राजीनामा बुझाएको स्रोतले बताएको छ ।











