Kathmandu Press

एमालेको प्रदेश अधिवेशन सर्‍याे

काठमाडौं, पुस २७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको  प्रदेश अधिवेशन सरेको छ । देशभर कोरोना संक्रमणको दर तीव्र रुपमा बढेका कारण पूर्वनिर्धारित प्रदेश...
एमालेको प्रदेश अधिवेशन सर्‍याे

काठमाडौं, पुस २७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको  प्रदेश अधिवेशन सरेको छ । देशभर कोरोना संक्रमणको दर तीव्र रुपमा बढेका कारण पूर्वनिर्धारित प्रदेश अधिवेशन सारिएको हो। 

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ गतेका लागि सारिएको जानकारी दिएका छन् । यसअघि माघ ८ गते प्रदेश अधिवेशन गर्ने घोषणा गरिएको थियो। 

कतिपय जिल्लाहरुको अधिवेशन पनि सम्पन्न नभइसकेको र कोरोना संक्रमणदर पनि बढेका कारण पूर्वनिर्धारित मितिमा प्रदेश अधिवेशन सम्पन्न गर्न सम्भव नभएको अधिकारीले बताए। अब माघको अन्तिममा अधिवेशन गर्ने गरी पार्टीले तयारी गरेको जानकारी दिए। 


 

प्रकाशित मिति: १४:४२ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्