Kathmandu Press

शाओमीको स्टोर बनेपा र बालाजुमा, नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य

काठमाडौं पुस २७ : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएकोे छ ।पुस २१ गते बुधबार बनेपा–६ को गोदाम...
शाओमीको स्टोर बनेपा र बालाजुमा, नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य

काठमाडौं पुस २७ : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएकोे छ ।

पुस २१ गते बुधबार बनेपा–६ को गोदाम चोकमा नयाँँ स्टोर खोलेको शाओमीले सोमबार नयाँँ बसपार्कको बिजि मलमा नयाँँ स्टोर सञ्चालनमा ल्याएको हो । 

शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य पुरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनिरहेको शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले बताए । ‘नयाँँ स्टोरहरु खुले पछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न  धेरै सजिलो हुन्छ,’ उनले भने, ‘सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुनेछ ।’ 

उनले  नयाँँ स्टोरहरुमा ग्राहक आउने र नयाँ–नयाँ उत्पादन मन पराउने अपेक्षा राखे । 

उनका अनुसार नयाँँ स्टोरमा सप्प्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् । साथै, शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुने बताए । 
जसको फलस्वरुप मि को ग्राहकहरुले थुप्रै फाईदाहरु लिन सक्नेछन् । 

रिटेल प्रकृयाको हरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधै अन्तरक्रिया  गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुने उनको अनुमान छ । 
 

प्रकाशित मिति: १४:१० बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्