Kathmandu Press

भारतमा एकैदिन एक लाख ६८ हजार नयाँ सङ्क्रमित थपिए

नयाँदिल्ली, पुस २७ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६८ हजार ६३ जना नयाँ सङ्क्रमित भएका छन्। यो सङ्ख्या अघिल्लो दिनको...
भारतमा एकैदिन एक लाख ६८ हजार नयाँ सङ्क्रमित थपिए
Hardik ivf

नयाँदिल्ली, पुस २७ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६८ हजार ६३ जना नयाँ सङ्क्रमित भएका छन्। यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ११ हजार ६६० ले कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । मन्त्रालयका अनुसार थपिएका नयाँ सङ्क्रमितहरु मध्ये चार हजार ४६१ जना कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोन भाइरसबाट सङ्क्रमित भएका छन् । 

भारतमा अहिले आठ लाख २१ हजार ४४६ जना सङ्क्रमित अवस्थामै रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या १०.६४ प्रतिशतले बृद्धि हुदै गएको छ। पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६९ हजार ९५९ रहेको छ । योसँगै कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने तीन करोड ४५ लाख ७० हजार १३१ रहेको छ। 

प्रकाशित मिति: १३:३१ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्