Kathmandu Press

कोरोना महामारी : विमानस्थलमा भिजिटर पास बन्द, स्वागत र  बिदाईमा नआउन अनुरोध 

काठमाडौं, पुस २७ : देशभर कोरोना महामारी तीव्र गतिमा बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भिजिटर पास बन्द गरेको छ। मंगलबार सूचना जारी गर्दै विमानस्थल कार्यालयले...
कोरोना महामारी : विमानस्थलमा भिजिटर पास बन्द, स्वागत र  बिदाईमा नआउन अनुरोध 

काठमाडौं, पुस २७ : देशभर कोरोना महामारी तीव्र गतिमा बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भिजिटर पास बन्द गरेको छ। मंगलबार सूचना जारी गर्दै विमानस्थल कार्यालयले वितरण गर्दै आएको भिजिटर पास ‘भी पास’ बन्द गरिएको जानकारी दिएको हो। 

विमानस्थल कार्यालयले अति जरुरी परेको अवस्था बाहेक विमानस्थलमा उपस्थित नहुन पनि आग्रह गरेको छ। कोरोना सँगै परिवर्तित स्वरुप ओमिक्रोन समेत नेपालमा फैलिन सक्ने जोखिमलाई मध्यनजर गरी विमानस्थल कार्यालयले सर्वसाधारणलाई यस्तो अनुरोध गरेको हो। 

त्यस्तै बिदाई र स्वागतका लागि पनि विमानस्थलमा नआउन  कार्यालयले जारी गरिएको सूचनामार्फत आग्रह गरिएको छ। विमानमा सवार हुने यात्रू र चालक दललाई स्वास्थ्य मापदण्डको पालना गर्न समेत सचेत गराइएको छ। 

प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्