पिएम कप क्रिकेट : आर्मीविरुद्ध पुलिसको जित, प्रदेश १ माथि कर्णाली विजयी
काठमाडाैं, पुस २७ : काठमाडौंमा जारी प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन भएका दुईमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेश विजयी भएका...
काठमाडाैं, पुस २७ : काठमाडौंमा जारी प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन भएका दुईमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेश विजयी भएका छन् ।
दोस्रो दिनेको पहिलो दुई खेलमा कीर्तिपुर मैदानमा भएको विभागीय डर्बीमा पुलिलले त्रिभुवन आर्मी क्बलमाथि ५ विकेटको जित निकाल्दा मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले प्रदेश १माथि ३१ रनको जित निकाल्यो।
टियू मैदानमा आर्मीले दिएको १३८ रनको मध्यम लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । पुलिसको जितमा कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाउँदा रसिद खानले २८, दिलिप नाथले २५ र अनिल शाहले २२ रनको योगदान दिए । आर्मीका साहब आलमले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको आर्मीले १९.५ ओभरमा अलआउट हुँदै १३७ रन बनायो । सोमपाल कामी र कप्तान विनोद भण्डारी बाहेक अन्यले गतिलो योगदान दिन नसक्दा आर्मी ठूलो योगफल बनाउन चुकेको थियो ।
विनोदले ३६ बलमा ४४ रन बनाउँदा सोमपालले ३५ बलमा ४२ रनको योगदान दिए । यस्तै, कुशल मल्ल, हरि चौहान र सुशन भारीले समान १२ रन बनाए ।
आर्मीलाई सस्तैमा रोक्के क्रममा पुलिसका उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । आर्मीकै पूर्वखेलाडी करणले ४ ओभरमा १७ रन मात्र खर्चिए । यस्तै, गुल्सन झा र योगेन्द्रसिंह कार्कीले समान २ विकेट लिए।
यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको खेलको कर्णालीले प्रदेश १ माथि ३१ रनको जित निकाल्यो। १२१ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश १ ले १७.५ ओभरमा अलआउट हुँदै ८९ रन मात्र बनाउन सक्यो ।
उसका लागि फिर्दोस अन्सारीले सर्वाधिक २३ रन बनाउँदा दिपेश कँडेल र श्रवण यादवले समान १५ र कप्तान सिद्धान्त लोहनीले १४ रनको योदान दिए । अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा कर्णालीलका अनुज चुनाराले ३.५ओभरमा १६ रन खर्चेर ४ विकेट लिए भने दिवान पुनले २ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १२० रन बनायो । उसका लागि कप्तान रविन्द्र शाहीले ३६ रन बनाउँदा प्रकाश जैशीले २५ रनको योगदान दिए । प्रदेश १ का मुकुन्द यादवले ३ तथा फिर्दोस अन्सारीले २ विकेट लिए।
प्रतियोगितामा पुलिस क्लबले लागतार दोस्रो जित हो भने कर्णालीलको पहिलो जित हो । पहिलो खेलमा पुलिसले सुदूर पश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकालेको थियो भने कर्णाली आर्मीसँग ६३ रनले पराजित भएको थियो।











