पृथ्वीनरायण शाहको शालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण
काठमाडाैं, पुस २७ : सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरेकी छन् ।राष्ट्रिय एकता दिवस तथा ३ सयौं पृथ्वी...
काठमाडाैं, पुस २७ : सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरेकी छन् ।
राष्ट्रिय एकता दिवस तथा ३ सयौं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले मंगलबार सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्।
पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणपछि राष्ट्रपति भण्डारी काजी कालु पाण्डेको शालिकमा माल्यार्पण गर्न दहचोक जाने कार्यक्रम छ।
माल्यार्पण गर्न विभिन्न राजनीतिक दल, संघसंस्था र सर्वसाधारणहरु पनि त्यहाँ पुगेका छन् । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाह साढे १२ बजे सिंहदरबार अगाडि पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने बताइएकाे छ।
प्रकाशित मिति: ११:५३ बजे, मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











