Kathmandu Press

मोरङमा ६१ वर्षीय पाहुनको हत्या, ८१ वर्षीय वृद्ध पक्राउ 

काठमाडौं, पुस २७ : मोरङमा ६१ वर्षीय वृद्धको हत्या भएको छ। जिल्लाको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो। उनको...
मोरङमा ६१ वर्षीय पाहुनको हत्या, ८१ वर्षीय वृद्ध पक्राउ 

काठमाडौं, पुस २७ : मोरङमा ६१ वर्षीय वृद्धको हत्या भएको छ। 

जिल्लाको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो। उनको हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार बुढाथोकीको टाउको धारिलो हतियार प्रहार गरी हत्या भएको हो। हत्या गरिएका बुढाथोकी भुजेलको घरमा पाहुन आएका थिए । सोमबार राती उनीहरु सँगै बसेर मदिरा सेवन गरेको समेत प्रहरीले जनाएको छ। 

हत्या गरेपछि शव घिसारेर लैजाँदै गरेको छिमेकीले देखेपछि प्रहरीमा खबर गरेका  थिए। प्रहरीले सूचना पाएपछि भुजेललाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ। मदिरा सेवनपछि विवादका कारण हत्या गरिएको हुनसक्ने प्रहरीको आँकलन छ। 

प्रकाशित मिति: १०:५१ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्