आजदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द रहने
काठमाडौं, पुस २७ : आजदेखि देशभरका सम्पूर्ण विद्यालय माघ १५ गतेसम्म बन्द रहनेछन्। कोरोना संक्रमण दर पुनः तीव्र रुपमा बढेपछि सोमबार शिक्षा मन्त्रालयले विद्यालय...
काठमाडौं, पुस २७ : आजदेखि देशभरका सम्पूर्ण विद्यालय माघ १५ गतेसम्म बन्द रहनेछन्। कोरोना संक्रमण दर पुनः तीव्र रुपमा बढेपछि सोमबार शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।
शिक्षा मन्त्रालयले सूचना जारी गर्दै देशभरका विद्यालय माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो। शिक्षा मन्त्रालयको निर्णय देशभर लागू हुनेछ। निर्णयानुसार कार्यान्वयन गर्नसमेत मन्त्रालयले आदेश दिएको छ।
यसअवधिभर जारी परीक्षा भने रोकिने छैन।
मन्त्रालयले जारी गरेको सूचना अनुसार बन्द गरिएको अवधि बिदामा मिलान हुनेछ। बन्द गरिएको अवधिमा विद्यार्थीलाई कोरोनाविरुद्धको खोप अभियान तिव्र रुपमा सञ्चालन गर्न पनि अनुरोध गरेको छ।
कोरोनासँगै ओमिक्रोन संक्रमण पनि देखिएका कारण संक्रमणको चेन ब्रेक गर्नका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
त्यस्तै गृह मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ। साथै सार्वजनिक स्थलहरुः होटल, रेस्टुरेन्ट, सिनेमा हल प्रवेश गर्दा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणित हुने खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने निर्णय गरेको छ।












