एमाले कैलालीको अध्यक्षमा चार मतान्तरले थापा विजयी
धनगढी, पुस २७ : नेकपा (एमाले) कैलालीको अध्यक्षमा चार मतान्तरले रतन थापा निर्वाचित भएका छन्।गएराति सम्पन्न मतगणनामा थापाले अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई...
धनगढी, पुस २७ : नेकपा (एमाले) कैलालीको अध्यक्षमा चार मतान्तरले रतन थापा निर्वाचित भएका छन्।
गएराति सम्पन्न मतगणनामा थापाले अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गरेका हुन्। थापाले २८७ मत पाए भने चन्दले २८३ मत पाए।
यसैगरी, दुर्गाप्रसाद जोशी निर्वाचित भएका छन्। यस्तै, सचिवमा डेजी पाण्डे तथा उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही निर्वाचित भएका छन्।
एमालेको जिल्ला कमिटीको १५० पदका लागि निर्वाचन भएको हो। जसमा ३२९ जना उम्मेदवार बनेका थिए। अन्य पदको नतिजा आउन बाँकी छ।
प्रकाशित मिति: ०८:४७ बजे, मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











