Kathmandu Press

शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस २६ : शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबारदेखि रुघा, खोकी लागेका मन्त्री पौडेलको आज बिहान कोरोना...
शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस २६ : शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। 

आइतबारदेखि रुघा, खोकी लागेका मन्त्री पौडेलको आज बिहान कोरोना परीक्षणका लागि स्वाब परीक्षणको रिपोर्टअनुसार बेलुका कोरोना संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ । 

मन्त्री पौडेल अहिले होम आइशोलेसनमा छन् ।  नेकपा माओवादी केन्द्रको महाधिवेशनलगत्तै अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण देखिएसँगै अरू नेतामा समेत संक्रमण देखिएको छ। 

नेता नारायणकाजी श्रेष्ठ,  शक्ति बस्नेत,  दिनानाथ शर्मा लगायत नेतालाई कोरोना संक्रमण देखिएको छ।

प्रकाशित मिति: १९:५२ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्