Kathmandu Press

एकैदिन ६ जना मृत अवस्थामा फेला

एकैदिन ६ जना मृत अवस्थामा फेला

काठमाडौं, पुस २६ : देशका विभिन्न स्थानमा गरी ६ जना मृत अवस्थामा फेला परेका छन् । कैलाली, डोटी, दोलखा, अछाम, झापा र सिन्धुलीमा गरी ६ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीको टिकापुर नगरपालिका घर भई धनगढी उपमहानगरपालिका ३ आदर्श चोक डेरा गरी बस्ने ४० वर्षीया लक्ष्मी चौधरी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन् । डोटीको दिपायल सिलगढी नगरपालिका ९ प्याटी बस्ने २८ वर्षीय पुरन साउद सोही नगरपालिकास्थित घुडेबुडा भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

घरबाट पसलतिर जान्छु भनि आइतबार निस्किएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो । दोलखा, बैतेश्वर गाउँपालिका ६ सेउडानी बस्ने ७२ वर्षीय जंगे सार्की सोही ठाउँस्थित नाम्दु भतेरे पाखोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै अछामको कमलबजार नगरपालिका ५ कुईका बस्ने ३६ वर्षीय भानुभक्त तिमल्सिना सोही नगरपालिका कोषडाँडामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता, झापाको मेचिनगर नगरपालिका २ घर भई विर्तामोड नगरपालिका ५ डेरा गरी बस्ने ४० वर्षीय उत्तम कँडेल आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सिन्धुली, तिनपाटन गाउँपालिका-९ बतासे पाखा बस्ने ६३ वर्षीय रत्नमान श्रेष्ठ सोही ठाउँस्थित झोलुंगे घट्टे खोलामा सोमबार मृत अवस्थामा फेला परे । 

प्रकाशित मिति: १९:१६ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्