Kathmandu Press

कोरोना संक्रमणबाट जोगिनका लागि माधव नेपालले दिए यस्ता टिप्स 

काठमाडौं, पुस २६ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले देशभर बढिरहेको कोरोना भाइरस संक्रमणप्रति हामी सबै समयमै सचेत...
कोरोना संक्रमणबाट जोगिनका लागि माधव नेपालले दिए यस्ता टिप्स 

काठमाडौं, पुस २६ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले देशभर बढिरहेको कोरोना भाइरस संक्रमणप्रति हामी सबै समयमै सचेत भएर जोगिनुपर्ने बताएका छन् । 

नेपालले आज एक बिज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनयता कोरोनाको नयाँ भेरिएन्टका कारण संक्रमणदर उच्च गतिमा बढिरहेकोले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सचेतहुन अनुरोध गरेका हुन् । 

उनले आफ्ना पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरु योजना गर्दा एवं सहभागी हुँदा सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउन, थर्मलगनको प्रयोग गरी तापक्रम मापन गर्न, नाँक, मुख र चिउँडो छोपिने गरी माक्सको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन समेत दिएका छन् । 

यस्तै सार्वजनिक स्थानमा अनावश्यक भिडभाड नगर्न तथा संक्रमण दर बढिरहेको कुरालाई दृष्टिगत गर्दै पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा तोकिएका साथीहरुलाईमात्र सहभागी हुने व्यवस्था निर्देशन दिए । 

यस्तै एक पटक पनि कोराना भाइरस विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन समेत अपिल गरेका छन् ।

प्रकाशित मिति: १८:५४ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्