Kathmandu Press

राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको अर्को लक्ष्य हुन सक्दैन : पूर्वराजा

काठमाडाैं, पुस २६ : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको कीर्ति र जनताको खुखबाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने बताएका छन्।३००औ पृथ्वी जयन्ती तथा...
राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको अर्को लक्ष्य हुन सक्दैन : पूर्वराजा

काठमाडाैं, पुस २६ : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको कीर्ति र जनताको खुखबाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने बताएका छन्।

३००औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज (सोमबार) शुभकामना सन्देश दिँदै उनले जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गण जनगणतन्त्र जेसुकै राखे पनि त्यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण नगरेसम्म निरर्थक साबित हुने स्पष्ट पारेका छन्।

‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्छ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनु हुँदैन,’ उनले भनेका छन्। प्रणाली केवल साधन हुने र साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएको उनको भनाइ छ ।

पृथ्वीनाराणको राष्ट्रभक्ति, साहस र नेपाली आट र आकांक्षाबाट सुन्दर फुलबारी नेपाल राष्ट्रको सिंगो स्वरुप खडा भएको उनले बताएका छन्। उनले देश पराईहरुको खेल मैदान बनिसकेकाले हरेक नेपालीले खतराको अनुभूति गरिरहेको पनि बताएका छन्। 

‘राष्ट्रियताका आधारहरु माथि प्रहार भई देशको अस्तित्व समेत संकटमा पारेको स्थितिमा एकताको महत्व र बडामहाराजाधिराजका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता बढेको महसुस हामीले गरेका छौं,’ उनले भनेका छन्, ‘राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशीलतालाई सदैव आत्मसात् गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौ। देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्।’

आफ्नो गौरवमय अस्तित्वलाई जोगाई राख्न हिमाल, पहाड र तराइका सबै एक भइ राष्ट्रियता सुदृढ राख्नु अनि समग्र राष्ट्रलाई सिँगार्नु आवश्यक रहेकाे उनलेबताएका छन्।

प्रकाशित मिति: १८:०५ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्