Kathmandu Press

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ 

काठमाडौं, पुस २६ : प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माओवादी केन्द्रका...
प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ 

काठमाडौं, पुस २६ : प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। 

सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य नेता कार्यकर्ताहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा बसेका थिए । 

पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी प्रचण्ड लगायतका नेताहरुलाई कोरोना भएपछि शनिबारदेखि प्रधानमन्त्री पनि आइसोलेसनमा बसेर कोरोना परीक्षण गरेका थिए । 

प्रधानमन्त्रीलाई कोरोना नेगेटिभ आएका कारण उनी सरकार सञ्चालनको नियमित काममा फर्किनेछन् । 

प्रकाशित मिति: १७:५३ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्