एकैदिन १ हजार ४४६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ नमूनाको पीसीआर परीक्षण गर्दा १३५७ जनामा र २ हजार ४६४ जनामा एन्टीजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौं, पुस २६ : नेपालमा एकैदिन १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ नमूनाको पीसीआर परीक्षण गर्दा १३५७ जनामा र २ हजार ४६४ जनामा एन्टीजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा २५५ जना डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख ३३ हजार ९४६ र एन्टीजेनतर्फ ९७ हजार ५०४ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख १४ हजार ४८५ पुगेको छ भने हालसम्म ११ हजार ६०६ जना संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल मुलुकभर ७ हजार ८५५ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ७ हजार २४५ जना होम आइसोलेसनमा छन्। त्यस्तै संस्थागत आइसोलेसनमा ६१० जना र ११३ जना क्वारेन्टिनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्य ६७ जना आइसीयू र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।