एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट निर्वाचित

प्युठान, पुस २६ : एमाले जिल्ला कमिटी प्युठानको अध्यक्षमा विजयविराज विष्ट निर्वाचित भएका छन्।
जिल्ला कमिटीको नवौं अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी ३१४ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेहरसिंह केसीले १७६ मत ल्याए।
एमाले प्युठान जिल्ला कमिटी पाँच पदाधिकारीसहित ९० सदस्यीय रहेको छ। कमिटी उपाध्यक्षमा झगबहादुर विश्वकर्मा र सचिवमा माधव शर्मा निर्वाचित भएका छन्। उपसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भए।
त्यसैगरी खुला दलित सदस्यमा राजेन्द्र गौतम र पुर्ख सिंह सुनार चयन भएक छन्। जिल्ला पदाधिकारी र खुल्ला दलित सदस्यका लागि शनिबार मतदान भएको थियो। तीबाहेक सबैमा सर्वसम्मति भएको छ।

प्रकाशित मिति: १६:१६ बजे, सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











