भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तार रोक्न एकिकृत समाजवादीको माग
काठमाडौं, पुस २६ : नेकपा (एकिकृत समाजवादी) ले नेपाली भूमिमा भारतले गरेको सडक विस्तारप्रति आपत्ती जनाएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका एकिकृत समाजवादीका विदेश...
काठमाडौं, पुस २६ : नेकपा (एकिकृत समाजवादी) ले नेपाली भूमिमा भारतले गरेको सडक विस्तारप्रति आपत्ती जनाएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका एकिकृत समाजवादीका विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गर्दै लिपुलेक क्षेत्रमा भारतले गरेको सडक विस्तार रोक्न माग गरेका हुन्।
उनले भारतको उक्त कदमलाई अवैधानिक समेत भनेका छन्। लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका भूभाग नेपालमा पर्छ भन्ने कुरा भारतलाई थाहा हुँदा हुँदै पनि सडक फराकिलो बनाउने काम भइरहेको भन्दै एकिकृत समाजवादीले आपत्ती जनाएको हो।
विज्ञप्तिमा नेपाल सरकारसँग छलफल र सहमति नगरी सो क्षेत्रमा विकासनिर्माणका कामलाई अगाडि बढाइनु अवैधानिक र नेपालको राष्ट्रिय स्वाभिमानमाथिको प्रहार रहेका उल्लेख गरिएको छ।
यसबारेमा नेपाल सरकारलाई पनि ध्यानाकर्षण गराउँदै उक्त क्षेत्रमा भारतीय पक्षले गरेको सडक विस्तारको कामलाई रोक्नका लागि उपयुक्त कदम चाल्न समेत एकिकृत समाजवादीले आग्रह गरेको छ।












