Kathmandu Press

धादिङका श्याम श्रेष्ठ बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त

हेटौँडा, पुस २६ : धादिङका श्याम श्रेष्ठ बागमती प्रदेशको मुख्यन्याधिवक्तामा नियुक्त भएका छन् । आज उच्च अदालत पाटन ईजलाशका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनलाई...
धादिङका श्याम श्रेष्ठ बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त

हेटौँडा, पुस २६ : धादिङका श्याम श्रेष्ठ बागमती प्रदेशको मुख्यन्याधिवक्तामा नियुक्त भएका छन् । आज उच्च अदालत पाटन ईजलाशका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनलाई शपथ गराएका हुन्।
 
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रेष्ठलाई नियुक्त गरेका हुन् । प्रदेश प्रमुख यादवले संविधानको धारा १६० को उपधारा(२) बमोजिम मुख्यन्यायाधीवक्ता नियुक्त गरे।

त्यसैगरी मुख्य न्यायाधीश निरौलाले मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन २०७५ को दफा १४ बमोजिम मुख्य न्यायाधिवक्तालाई शपथ गराए। 

प्रकाशित मिति: १५:५५ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्