Kathmandu Press

संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्वका विषय ओझेलमा परे’

ताप्लेजुङ, पुस २६ : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरेकाले कतिपय महत्वपूर्ण काम अघि बढ्न नसकेको बताएका छन् । उनले संसद्...
संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्वका विषय ओझेलमा परे’

ताप्लेजुङ, पुस २६ : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरेकाले कतिपय महत्वपूर्ण काम अघि बढ्न नसकेको बताएका छन् । 

उनले संसद् अवरुद्ध हुँदा केही महत्वपूर्ण विधेयक पारित हुननसकेका साथै विकास निर्माणका विषय पनि ओझेलमा परेको बताए।

नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद्मार्फत सम्बोधन हुनुपर्ने प्रदेश र स्थानीय तहको विकास निर्माणका कार्यमा समेत अवरोध भइरहेको उल्लेख गरे। 

यस्तै पछिल्लोपटक देखिएको कोभिडको नयाँ भेरियन्ट नियन्त्रण तथा व्यवस्थापनका लागि समेत संसद् अवरुद्ध हुँदा कठिनाई सिर्जना हुने अवस्था निम्तिएको उनको भनाइ छ।  

प्रकाशित मिति: १५:४१ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्