Kathmandu Press

पुस २८ का लागि बाेलाइएकाे प्रतिनिधिसभा बैठक माघ ३ का लागि सारियाे

काठमाडौं, पुस २६ : पुस २८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पाँच दिन पछाडि सारिएको छ।संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज (सोमबार)...
पुस २८ का लागि बाेलाइएकाे प्रतिनिधिसभा बैठक माघ ३ का लागि सारियाे

काठमाडौं, पुस २६ : पुस २८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पाँच दिन पछाडि सारिएको छ।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना जारी गरी पुस २८ गते दिउँसो १ बजे बस्‍ने बैठक विशेष कारणवश माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन्।

यसअघि पनि पुस २२ गतेका लागि बोलाइएको् बैठक पनि बस्दै नबसी स्थगित गरी पुस २८ गतेका लागि सारिएको थियो। त्‍यसअघिको बैठक पनि पुस २२ गतेका लागि सारिएको थियो।

प्रकाशित मिति: १४:५५ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्