एमाले भोजपुरको अध्यक्षमा शरणकुमार राई
भोजपुर, पुस २६ : नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको सर्वसम्मत् नेतृत्व चयन भएको छ । एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो...
भोजपुर, पुस २६ : नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको सर्वसम्मत् नेतृत्व चयन भएको छ । एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई,उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती सर्वसम्मत् चयन भएका छन्।
एमालेको आठौं जिल्ला अधिबेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जिल्ला कमिटी चयन भएको हो। जिल्ला अध्यक्षमा शरणकुमार राई र मक्कर खड्काको दाबेदारी रहेको थियो। दुई जनाबीच सहमति गराउन शुक्रबारबाट सुरु भएको अधिवेशन आइतबारसम्म लम्बिएको थियो।
प्रकाशित मिति: १४:५३ बजे, सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











