Kathmandu Press

जिल्ला अधिवेशन उद्घाटन गर्न सङ्खुवासभामा ओली

सङ्खुवासभा, पुस २६ : एमाले अध्यक्ष केपी ओली सङ्खुवासभा आइपुगेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आठौ जिल्ला अधिवेशनको उद्घाटन गर्न उनी सङ्खुवासभा आइपुगेका छन्।सोही...
जिल्ला अधिवेशन उद्घाटन गर्न सङ्खुवासभामा ओली

सङ्खुवासभा, पुस २६ : एमाले अध्यक्ष केपी ओली सङ्खुवासभा आइपुगेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आठौ जिल्ला अधिवेशनको उद्घाटन गर्न उनी सङ्खुवासभा आइपुगेका छन्।

उद्घाटनकै अवसरमा अवसरमा उनले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको सङ्खुवासभा एमालेले जनाएकाे छ। ओली आज हेलिकप्टरबाट सदरमुकाम खाँदबारी आइपुगेका हुन्।

ओलीका साथमा एमाले उपाध्यक्ष विष्णु पौडेललगायत नेता पनि संखुवासभा आएका छन्। सांसद पनि रहेका एमाले स्थायी कमिटी सदस्य सांसद राजेन्द्र गौतम, एमाले प्रदेश १ अध्यक्ष तुल्सीप्रसाद न्यौपाने, सङ्खुवासभा जिल्ला अध्यक्ष जितबहादुर घिमिरेलगायत उनीहरूको स्वागत गरेका थिए।

खाँदबारी नगरपालिका-१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र खाँदबारी-३ कृषि बजारमा हुने जनाइएकाे छ। 

प्रकाशित मिति: १४:४२ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्