एमाले ललितपुर अध्यक्षमा चुनिए पुरुषोत्तम आचार्य
ललितपुर, पुस २६ : एमालेको ललितपुर जिल्ला कमिटी अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत रुपमा चयन भएका छन्।शुक्रबार सुरु भएको एमाले ललितपुरको आठौं जिल्ला अधिवेशनले आचार्यको...
ललितपुर, पुस २६ : एमालेको ललितपुर जिल्ला कमिटी अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत रुपमा चयन भएका छन्।
शुक्रबार सुरु भएको एमाले ललितपुरको आठौं जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा पाँच पदाधिकारीसहित १ सय २० सदस्यीय कमिटी चयन गरेको हो।
यसअघि आचार्य ललितपुर जिल्ला सचिव रहेका थिए। कमिटीको उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत, उपसचिवमा श्याम ब्यञ्जनकार र तारा सञ्जेल चयन भएको ललितपुर एमालेले जनाएके छ।
प्रकाशित मिति: १४:०८ बजे, सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











