Kathmandu Press

सोमालियाली सेनाको कारबाही २१ अल–शबाब लडाकू मारिए

मोगादिसु, पुस २६ : सोमाली राष्ट्रिय सेना ९एसएनए० र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको...
सोमालियाली सेनाको कारबाही २१ अल–शबाब लडाकू मारिए

मोगादिसु, पुस २६ : सोमाली राष्ट्रिय सेना ९एसएनए० र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको छ।

सोही क्रममा सेनाले गरेको कारबाहीको क्रममा  २१ अल–शबाब लडाकूहरूलाई मारिएका एसएनएका अधिकारीहरु जनाएका छन् ।

Hardik ivf

एसएनएकाअनुसार यस कारबाहीमा परी १३ औं बटालियनका कमाण्डरसहित चार सैनिक र २१ अल शबाब आतङ्ककारी मारिएका छन्।  

एसएनए र गाल्मुदुग क्षेत्रीय सेनाले वीरतापूर्वक आक्रमणलाई असफल गरेको र २१ आतंककारीहरु मारिएका सरकारी स्वामित्व रहेको राष्ट्रिय टेलिभिजनले जनाएको छ। 
 
मध्य र दक्षिणी क्षेत्रहरुमा अल–शबाब लडाकूहरुविरुद्ध सरकारी सेनाहरूद्वारा तीव्र कारबाहीहरु जारी रहेको छ।  लडाकूहरूले अझै पनि ग्रामीण इलाकाहरू नियन्त्रण गर्ने र एम्बुसहरु थापेर विस्फोट गराउने कामहरु गर्दै आएका छन्।

प्रकाशित मिति: १४:०१ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्