Kathmandu Press

एमाले जुम्ला अध्यक्षमा शान्तिलाल महत चयन

काठमाडाैं, पुस २६ : एमाले जुम्ला जिल्ला कमिटी अध्यक्षमा शान्तिलाल महत चयन भएका छन्।जिल्ला कमिटी आठौं अधिवेशनले उनको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा...
एमाले जुम्ला अध्यक्षमा शान्तिलाल महत चयन

काठमाडाैं, पुस २६ : एमाले जुम्ला जिल्ला कमिटी अध्यक्षमा शान्तिलाल महत चयन भएका छन्।

जिल्ला कमिटी आठौं अधिवेशनले उनको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो। शुक्रबार सुरु भएको अधिवेशन आज (सोमबार) नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो।

अधिवेशनले पाँच पदाधिकारीसहित ७५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो। कमिटी उपाध्यक्षमा सुरतबहादुर शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मानबहादुर रोकाया चयन भएका छन्।

अध्यक्ष बाहेकका अन्य पदमा निर्वाचन गर्ने भनिए पनि अन्तमा सहमतिबाटै जिल्ला कमिटी चयन गरिएको जुम्ला एमालेले जनाएको छ।

प्रकाशित मिति: १३:५६ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्