Kathmandu Press

डुङ्गामा ढुङ्गा खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो

रियो दि जेनेरो, पुस २६ : ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भू–गर्भीय घाटीबाट भत्किँएका चट्टान एक डुङ्गामा खँस्दा मृत्यु हुनेको संख्या...
डुङ्गामा ढुङ्गा खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो

रियो दि जेनेरो, पुस २६ : ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भू–गर्भीय घाटीबाट भत्किँएका चट्टान एक डुङ्गामा खँस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ। 

यस दुर्घटनामा परी ३२ घाइते भएका थिए । ती मध्ये २९ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ । 

उक्त घटना शनिबार दिउँसो भएको थियो । मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेबाट करिब ३०० किलोमिटर टाढा क्यापिटोलियो शहरनजिकै फर्नास ताल वरपरको घाटीबाट ठूला चट्टान खसेको थियो। 

शनिबार बिहान यस क्षेत्रमा भारी वर्षा भएको थियो जसले केही भू–गर्भशास्त्रीले पानीको बहावले चट्टान खसेको हुनसक्ने विश्वास गरेका छन्। 

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, पुस २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्