Kathmandu Press

भृकुटीमण्डपका व्यवसायीको बचत नौ करोड 

काठमाडाैं, पुस २६ : भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा रु. नौ करोड २७ लाख ९५...
भृकुटीमण्डपका व्यवसायीको बचत नौ करोड 

काठमाडाैं, पुस २६ : भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा रु. नौ करोड २७ लाख ९५ हजार ५२ जम्मा भएको छ।
 
सहकारीको वार्षिक साधारणसभाका अवसरमा शेयर सदस्य ७ सय १३ जना पुगेको जानकारी गराइएको छ। यसैगरी शेयर पुँजी रु. ३ करोड २१ लाख ९२ हजार १ सय पुगेको अध्यक्ष लालबहादुर पाण्डेको प्रतिवेदनमा उल्लेख छ।

३० सदस्यबाट सहकारीको २०६७ वैशाख ८ गते सुरुआत गरिएको थियो। भृकुटीमण्डप खुला बजारका करिब ६० प्रतिशतभन्दा बढी व्यवसायी सहकारीका सदस्य छन्। 

साधारणसभाको उद्घाटन गर्दै काठमाडौँ बचत तथा ऋण सहकारी संक लिमिटेडका अध्यक्ष दीपक पनेरुले शेयरको तुलनामा १५ गुणा बढी बचत हुनुपर्ने कानुनी व्यवस्था पालना गर्न अनुरोध गरे। 

काठमाडौँ महानगरपालिका वडा नं २८ का अध्यक्ष भाइराम खड्गीले शेयर सदस्य, शेयर पुँजी एवं बचतसमेत वृद्धि गर्न सुझाव दिए। समाजकल्याण परिषद्का नाममा रहेको भृकुटीमण्डप बजारमा करिब एक हजार ३०० पसल सञ्चालनमा छन्।

प्रकाशित मिति: १३:०७ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्