Kathmandu Press

भारतमा एकैदिन १ लाख ७९ हजारलाई कोरानो संक्रमण 

नयाँ दिल्ली, पुस २६ : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण...
भारतमा एकैदिन १ लाख ७९ हजारलाई कोरानो संक्रमण 

नयाँ दिल्ली, पुस २६ : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजार भन्दा बढी सङ्क्रमित भएका छन्।

हाल यहाँ  चार हजार ३३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले सोमबार जानकारी दिएको छ।  भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या सात लाख २३ हजार ६१९ रहेका छन्। गएको २४ घण्टामा भारतमा ४६ हजार ५६९ कोरोनाबाट मुक्त भएका छन्।

Hardik ivf

यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४५ लाख १७२ जनालाई कोरोना सङ्क्रमण निको भएको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९६।६२ प्रतिशत रहेको जनाइएको छ । 

सोही अवधिमा थप १४६ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ९३६ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड १५  लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ९४ लाख ५ हजारभन्दा बढी डोज खोप लगाइएको छ। 

प्रकाशित मिति: १३:०३ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्