Kathmandu Press

नाइजेरियाको विद्यालयबाटअपहरित ३० शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार

लागोस, पुस २६ : उत्तरी नाइजेरियाको एक विद्यालयबाट ६ महिना अघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापद्धि उद्धार गरिएको छ। उनीहरुलाई...
नाइजेरियाको विद्यालयबाटअपहरित ३० शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार

लागोस, पुस २६ : उत्तरी नाइजेरियाको एक विद्यालयबाट ६ महिना अघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापछि उद्धार गरिएको छ। 

उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो। त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए।

Hardik ivf

ती शिक्षक र विद्यार्थीको खोजीका लागि यहाँको प्रहरीले एक विशेष अनुसन्धान टोली खटाएको जनाएको थियो ।प्रहरी टोलीको छ महिना लामो खोजीपछि उनीहरुलाई फेला पारेको र उद्धार गरेको जनाएको छ। 

केबेइ प्रान्तीय सरकारका प्रवक्ता याहा सार्कीले सो कुराको जानकारी दिए। उनले आइतबार पत्रकार सम्मेलन गरेर प्रहरीले लामै समयको खोजीपछि ती शिक्षक र विद्यार्थीलाई अपहरणमुक्त गराउन सकेको बताए।

उनले भने– नाइजेरियामा पछिल्लो समयमा यहाँका हतियारधारी आतंककारीहरुले विद्यालयमा आक्रमण गर्ने र शिक्षक र विद्यार्थीलाई अपहरण गरी लैजाने गरेका छन् । विद्यालयको सुरक्षाका लागि पनि प्रहरीले विशेष सुरक्षा दस्ता तयार पारेको बताएको छ।   

प्रकाशित मिति: १२:५७ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्